अपहरणको १२ दिनपछि मुक्त भए फुटबलर डियाजका बुबा
मकालु खबर
२०८० कार्तिक २४ गते
काठमाडौँ । लिभरपुलबाट खेल्ने कोलम्बियाका फुटबलर लुइस डियाजका अपहरण गरिएका पितालाई अन्ततः रिहा गरिएको छ । डियाजका पिता लुइस मान्युएल डियाजलाई अपहरण गरेको १२ दिनपछि संयुक्त राष्ट्रसंघको कमिटीको रोहभरमा रिहा गरिएको हो ।
५८ वर्षीय डियाजलाई कोलम्बियाको ईएलएन गुरिल्ला समूहले अपहरण गरेको थियो । यो गुरिल्ला समूहले डियाजका आमा बाबु दुवैलाई अपहरण गरेपनि आमालाई तुरुन्तै छोडेको थियो । कोलम्बियाको विद्रोही समूहले यसअघि नै डियाजको अपहरण एक गल्ती भएको बताएको थियो ।
यसअघि कोलम्बियन सरकारले डियाजको रिहाइका लागि करिब ६५ लाख रकम दिने घोषणा गरेको थियो । डियाजलाई अक्टोबर २८ मा कोलम्बियाको बर्रानकास क्षेत्रबाट अपहरण गरिएको थियो ।
मकालु खबर
२०८० कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित