एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि रु २ सयको क्यासब्याक अफर
मकालु खबर
२०८० कार्तिक २४ गते
काठमाडौँ । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
बैंकले तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स कारोबारमा क्यासब्याक प्राप्त गर्न सकिने जनाएको छ ।
क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १ हजारको न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १५७ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
मकालु खबर
२०८० कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित