‘दिमाग खराब’ हेरेपछि चलचित्रकर्मी र राजनीतिज्ञहरूले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । चलचित्र दिमाग खराबको प्रिमियर सो भएको छ ।

बिहीबार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर सो गरिएको हो ।

प्रिमियर शोमा राजनीतिक व्यक्तित्वहरूदेखि खेलाडी र कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शोपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिम राम्रो भइसकेपछि खेल र कप्तान आफैँ राम्रो हुने प्रतिक्रिया दिए ।

त्यस्तै खेलाडी कुशल भुर्तेलले विश्वकप खेल्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरे । त्यस्तै कलाकार जितु नेपालले फिल्मको कथावस्तु धेरै नै उत्कृष्ट रहेको बताए ।

त्यस्तै उपसभामुख इन्दिरा रानाले फिल्ममा राजनीतिक दाउपेच र युवाहरू विस्थापित भएको कुरालाई देखाइएको बताए । उनले फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको बताए ।

देशमा भ्रष्टाचारी व्याप्त भएपछि युवाहरूमा नैराश्यता फैलिएको कुरा फिल्ममा देखाइएको वरिष्ठ कलाकार हरिवंश आचार्यले बताए । उनले आगामी चुनावका लागि यो चलचित्र जनचेतनाको कोर्षबुक हुने बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चलचित्र धेरै उत्कृष्ट र सबैले हेर्नुपर्ने किसिमको रहेको बताए । चलचित्रले अहिलेको मुलुकको अवस्थालाई चित्रित गरेको बताए ।

शोपछि बोल्दै अभिनेता अर्पण थापाले आफ्नो क्यारेक्टरले कुनैपनि राजनीतिक व्यक्तिलाई म्यासेज दिनु राम्रो भएको बताए । उनले कुनैपनि प्रशासनबाट थिचिएको समाज लोकतान्त्रिक हुन नसक्ने र सोही कुरालाई चलचित्रमा देखाइएको बताए ।

त्यस्तै अभिनेता खगेन्द्र लामिछानेले आफू चलचित्र क्षेत्रमै सन्तुष्ट रहेको बताए । उनले समाजमै भएका कथाहरू जोडेर चलचित्र बनाउने भएकाले समाजका राम्रा र नराम्रा कुराहरूलाई चलचित्रमा उठाइएको बताए ।

त्यस्तै अभिनेता निश्चल बस्नेतले फिल्ममा सबै कलाकारहरूले आफ्नो उत्कृष्टता पस्किएको बताए । अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले फिल्म रुचाएको प्रतिक्रिया दिनु नै आफ्नो लागि खुसीको कुरा भएको बताइन् ।

चलचित्र कात्तिक २४ बाट (आज) प्रदर्शन भएको छ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *