छठपछि मात्रै कोशी सरकारले पूर्णता पाउने

काठमाडौं । कोशी प्रदेश मन्त्रिपरिषद् छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ ।

सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच भएको छलफलमा छठपछि सरकार विस्तार गर्ने सहमति भएको हो ।

मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एस र जसपाले एक÷एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयक लगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए ।

यसैगरी उनले नेपाली कांग्रेस दलका नेता उद्धव थापा, माओवादीका आङ्बो, नेकपा एकीकृत समाजवादीका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बेग्लै छलफल गरेका थिए ।

प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्ति पनि सहमतिकै आधारमा गरिने भएको छ । माओवादी संसदीय दलका नेता आङबोले छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए ।

हाल सरकारमा मुख्यमन्त्री कार्कीबाहेक माओवादीका गणेश उप्रेती, कांग्रेसका शमशेर राई र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विनाविभागीय मन्त्रीका रुपमा छन् । सरकारमा सहभागी एमालेका मन्त्री राम रानाले भने राजीनामा दिइसकेका छन् ।

आफूसँग सहमति नगरी माओवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराएको भन्दै असन्तुष्ट बनेको एमालेले मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *