म्यान-यू र आर्सनल विजयी, अन्तिममा सम्हालिन नसक्दा टोटनहम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १-० को झिनो अन्तरले हराएको छ ।

युनाइटेडका जितमा डिफेन्डर भिक्टर लिन्डेलफले एक मात्र गोल गरेका हुन् । गोल खेलको ५९औं मिनेटमा भएको थियो ।

शनिबार नै भएको अर्को खेलमा आर्सनलले बर्नली माथि ३-१ को जित निकालेको छ । आर्सनल जितमा लेयान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरेका हुन् । बर्नलीका जोस ब्राउनहिलले एक गोल गरेका थिए ।

त्यसअघि भएको खेलमा गत साता चेल्सीसँग पराजय भोगेको टोटनहमले शनिबार वल्भसलाई २-१ को नतिजा सुम्पेको छ ।

निलम्बन र चोटहरूका कारण पहिलो रोजाइका धेरै खेलाडी बिना मैदान उत्रिएको टोटनहमले खेलमा अग्रता तेस्रो मिनेटमा नै लिएको थियो । पेड्रो पोर्रोको पासमा ब्रेनन जोन्सनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि भने टोटनहमले खेलमा प्रभुत्व जमाउन सकेन । धेरै मौका खेरा फालेको वल्भसले खेलको समयमा दुई गोल गर्दै जित ३ अंक जोड्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा कुन्हाको पासमा पाब्लो साराबियाले गोल गर्दै खेल बराबरीमा ल्याए थिए । त्यसको ६ मिनेट पछि भने वल्भसले अर्को गोल गर्दै जित हासिल गर्यो । साराबियाको थ्रु-पासमा लेमिनाले गोल गर्दै टोलीलाई जित दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *