चेल्सी र म्यानचेस्टर सिटीको ४-४ को रोमाञ्चक बराबरी

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी र दशौं स्थानको चेल्सीबीचको खेलमा ८ गोल भएको छ । दुवै टिमले चार चार गोल गर्दै खेल बराबरी गरेपछि तालिकामा एक एक अंक थपेका छन् ।

सिटी २८ अंकका साथ शीर्ष स्थानमा रहँदा चेल्सी १६ अंकका साथ दशौं स्थानमा रहेको छ । बराबरीसँग सिटीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ । चेल्सीको मैदानमा सिटीले अग्रता लिएको थियो । २५ औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमा गोल गरेका थिए । २९ औं मिनेटमा थिएगो सिल्भाले चेल्सीलाई बराबरीमा ल्याए । ३७ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि चेल्सीले २–१ को अग्रता लियो ।

पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा मानुअल अकान्जीले गोल गरेपछि सिटीले २–२ गोलको बराबरी गरेको थियो । ४७ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३–२ ले अघि बढेको थियो । ६७ औं मिनेटमा निकोलस ज्याकसनले गोल गर्दै चेल्सीलाई पुनः ३–३ को अवस्थामा ल्याएका थिए ।

८६ औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीले पुनः ४–३ को अग्रता लियो । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा सिटीका रुवेन डियासले चेल्सीका अर्मान्डो ब्रोजालाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पालमरले गोल गर्दै खेल ४–४ को नाटकीय बराबरीमा टुंग्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *