विश्वकप छनोटमा ब्राजिलको दोस्रो हार, कोलम्बियाको जितमा लुइस जियाजले गरे दुई गोल

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए । उनले खेलको ७५औँ र ७९औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई महत्त्वपूर्ण जित दिलाएका हुन् ।

यसअघि ब्राजिलका लागि खेलको चौथो मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले हार बेहोरेको थियो । दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको यो दोस्रो हार हो । ५ खेलमा केवल ७ अंक बटुलेको ब्राजिल छैटौँ स्थानमा झरेको छ ।

कोलम्बियाको भने यो दोस्रो जित हो । ५ खेलमा ९ अंक बटुलेको कोलम्बिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *