सशस्त्र प्रहरीका असईले अस्पतालबाट चोरे ल्यापटप

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । धनगढी ३ विशालनगर घर भएका रमेश भण्डारी ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए । पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए । भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ ।

सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुला कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए । चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *