म गैर आख्यानलाई केवल कल्पना हो भन्ने मान्दिनँ – बसन्त बस्नेत
‘तपाईँलाई मैले गेस्ट लिस्टमा राखेको छु है ।’ मैले एक दिन बसन्त बस्नेत दाइलाई म्यासेज गरेँ । उहाँसँग पछिल्लो समयमा एकदमै नजिकैबाट सङ्गत गरिरहेको थिएँ । सिनेमा हेर्ने देखि लिएर सङ्गीत सुन्ने, किताबको गफ गर्नेदेखि लिएर कविता खोज्ने सम्म । हामीले केही सहकार्य पनि गरिसकेका थियौँ । उहाँको पछिल्लो कृति ‘महाभारा’ उपन्यासको सुरुवातमा मेरो कविता पनि समावेश भइसकेको थियो ।
‘के विषयमा कुरा गर्छौँ हामी?’ उहाँले सोध्नुभयो ।
म सँग जवाफ थियो । भनेँ ‘फिक्सन र ननफिक्सनको लेखनबारे । अनि तपाईँको लेखकीय विशेषता र बुझाइबारे ।’
उहाँको गैर आख्यान ‘७२ को विष्मय’ मधेश आन्दोलनको पृष्ठभूमिमा थियो । भने ‘महाभारा’ नेपालमा चलेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा । दुबै विषय राजनीतिक थिए । दुबैमा चरित्रहरू थिए । ती चरित्रको साझा विशेषता थियो । ती प्राय: साना चरित्रहरू थिए ।
‘साना चरित्रहरू किन चाहिन्छ?’
‘सानो किन चाहिन्छ?’
‘कुनै कुरालाई आख्यानमा भन्नु र गैरआख्यानमा भन्नुमा के अन्तर छ?’
मलाई यस्ता धेरै प्रश्नहरू सोध्नु थियो । अनि सँगै उहाँको व्यक्तित्वको बारेमा बुझ्नु थियो । उहाँमा आएको राजनैतिक चेत कसरी आयो? उहाँले कुनै कुरालाई हेर्ने नगर कसरी फेरियो?
यी सबै कुरा खोज्नु थियो ।
हामी अन्तर्वार्ता हुनुभन्दा एक दिन पहिला भेट्यौँ । मोटामोटी कुराकानी हुने विषयबारेमा गफ गर्यौँ । मैले कुनै प्रश्नहरू उहाँलाई दिइनँ । उहाँले पनि माग्नुभएन ।
‘जस्तो हुन्छ त्यस्तै गर्ने’ उहाँले भन्नुभयो ।
मैले खोजेको पनि त्यही थियो ।
‘समय कुन ठिक हुन्छ अन्तर्वार्ता गर्न?’ मैले सोधेँ ।
‘बिहान ।’
उहाँले भनेझैँ एक दिन बिहान हामी स्टुडियोमा भेट्यौँ । अनि कुराकानी थाल्यौँ । मैले उहाँलाई बनाउने पलहरू के के हुन् भनेर प्रश्न सोध्न थालेँ । आमाको बारेमा सोधेँ । उहाँलाई आफ्नो अभिव्यक्तिको महसुस भएको पल सोधेँ ।
उहाँले इलाममा राजनीति गर्दाको प्रसङ्ग सम्झिनुभयो । त्यसपछि रेडियो । त्यसपछि काठमाडौँ यात्रा । पत्रकारिता । उहाँले एउटा काम गर्दै गर्दा अर्को काम थाल्नुभएको रहेछ । एउटा कुरामा सफल भइसकेपछि अर्को कुराको लागि त्यसलाई छोड्नुभएको रहेछ ।
‘छोड्नु भनेको के रहेछ?’ मैले सोधेँ ।
‘छोड्ने चिज मेरो लागि राम्रो कुरा हो । यसको जवाफ आध्यात्मिक ढङ्गले पनि दिन्छन् मान्छेहरूले । तर उपदेश दिने कुराहरूमा मेरो धेरै विश्वास छैन । कहिल्यै पनि छैन । अब त झनै छैन किनकि म फिक्सन लेखनमा आइसकेँ ।’ उहाँले जवाफ दिनुभयो ।
हामीले ‘छोड्ने’ विषयलाई व्यक्तिगत देखि सामाजिक र राजनैतिक तहसम्म पुगेर गफ गर्यौँ ।
मलाई उहाँले आख्यान तथा गैरआख्यानमा गरेका धेरै कामहरूको बारेमा सोध्नु थियो । सोधेँ ‘एउटै कुरा फिक्सन र ननफिक्सनमा लेख्दा के फरक हुन्छ?’
‘मलाई फिक्सन केवल कल्पना हो भन्ने कुरा कहिल्यै सत्य लागेन । किनकि मैले पढेका फिक्सनहरू त झन् नाङ्गा सत्यहरू थिए । यथार्थको कोणबाट हेर्ने हो भने ती ननफिक्सन भन्दा पनि बढी ननफिक्सन थिए । ननफिक्सनमा तथ्यको अन्वेषण भयो भने फिक्सनमा त सत्यको अन्वेषण भएको जस्तो मलाई लाग्छ ।’
उहाँको फिक्सन वा ननफिक्सन लेखन मात्र हैन अखवारी लेखनमा पनि ‘सानो’ को उपस्थिति धेरै हुन्थ्यो । मैले त्यो कुरालाई पनि प्रश्नमा समेटेँ । सोधेँ ‘सानो प्रति तपाईँको बुझाइ के हो?’
यो प्रश्न सानो हैन भन्दै उहाँले जवाफ दिनुभयो ‘सानो कहिल्यै उपेक्षित नहोस् ।’
यसरी हामी यो कुराकानीमा धेरै प्रश्नहरूमा पुग्यौँ । मैले उहाँलाई छोरीको बारेमा सोधेँ । छोरी जन्मिएपछिको आफूमा आएको परिवर्तन सोधेँ । एउटा उपन्यास लेखिसकेपछि उपन्यासकार के हुँदो रहेछ सोधेँ ।
उहाँले सबैको गहिरो जवाफ दिइरहनुभयो । ती सबै यहाँ छन् । तलका प्रश्नहरू अगाडिका टाइमस्ट्याम्पमा पुगेर तपाईँ आफैँ हेर्नुहोस् । आफैँ मनन गर्नुहोस् ।
0:00 – 0:34 – अन्तर्वार्ताको सुरुवात
0:34 – तपाईँलाई के हुने रहर थियो ?
2:14 – १४ वर्ष पुग्दासम्मको आफूलाई बनाउने दुइतीनवटा पलहरू के के हुन् ?
6:25 – आमाको बारेमा के सम्झिनुहुन्छ ?
8:00 – आमासँगको कुनै महत्त्वपूर्ण पल सम्झिनुहुन्छ ? [Private is Public]
8:54 – कुनै कुरा लेखिएन भने पनि त त्यो प्राइभेट कुरा पब्लिक नै हो हैन ? [Autofiction]
11:17 – तपाईँलाई आफ्नो एक्सप्रेसन पहिलोपल्ट महसुस भएको याद छ ?
15:24 – भाषणमा के गर्नुहुन्थ्यो ?
16:23 – मान्छेले एउटा मान्छेलाई नेता किन मान्छ? वा किन एउटा मान्छेले भनेको पत्याउँछ?
18:18 – नेताको तर्फबाट यही कुरा कस्तो देखिन्छ ? [Individual life of leaders]
20:05 – रेडियोमा कसरी आउनुभयो ?
22:23 – तपाईँले नेता भएर गरेको एउटा निर्णय सम्झिनु न ।
23:42 – धेरै चिज छोडेर काठमाडौँ यात्रा ।
24:39 – छोड्नु भनेको के रहेछ ?
27:38 – एउटा छोड्नु आफ्नो लागि हुन्छ । अर्को अर्काको लागि । ती दुई मा के फरक छ ? [Collective individual]
31:30 – पूर्वाग्रह लगायत अरू छोड्नुपर्ने कुरामा । आफूले पाएको कुरा अरूको लागि मान्छेले छोड्नुपर्ने छ । यसमा के भन्नुहुन्छ ? [भगौडा पात्रहरू]
37:07 – छोडाइको आरक्षण वाला तह । यसमा के भन्नुहुन्छ ? [भाषाको कुरा]
39:42 – महाभाराको भाषाको प्रसङ्ग र कविताको कुरा ।
42:31 – एउटै कुरा फिक्सन र ननफिक्सनमा लेख्दा के फरक हुन्छ ?
50:33 – ‘सानो’ प्रति तपाईँको बुझाइ के हो ? [Imporgance of small characters or issues]
55:34 – ७२ को विस्मयमा लेखेको सम्बोधनको बारेमा थप बताउनुहुन्छ ? यसमा ‘न्याय र करुणा’ किन लेख्नुभएको ?
51:21 – छोरी जन्मिएपछि आफूमा आएको परिवर्तन के छ ?
1:00:42 – उपन्यास लेखिसकेपछि एउटा लेखक के बन्दोरहेछ ? [फुङसिङ र जरा]
1:05:16 – लामो समय कुनै किताबमा गुज्रिनुले एउटा लेखकलाई के गर्दो रहेछ ?
1:07:27 – मन र मस्तिष्क मानिसको सधैँ नजिक भइरहन्छ । यो कुरालाई कसरी हेर्नुहुन्छ ?
1:08:53 – किताब आइसकेपछि त्यसको रिभ्युलाई कसरी लिनुभयो ?
1:13:01 – त्यो प्रक्रियामा आफ्नो पूर्वाग्रहहरूको बारेमा केही थाहा भयो ? [Surprise moments]
1:16:01 – तपाईँलाई पात्रले अरू के सिकाए ?
1:19:28 – अर्को विशेषता: राजनैतिक विषय । वा पक्षधरता । नन फिक्सन र फिक्सनमा लेख्दा यी कुरामा के फरक हुन्छ ?
1:22:23 – नयाँ किताबको प्रसङ्ग
1:23:56 – महाभारामा कविताको प्रसङ्ग । किन कविता ? कवितासँगको तपाईँको सम्बन्ध के हो ?
1:27: 43 – परबाट हेर्दा र नजिकैबाट हेर्दाको फरक । वाइड लेन्स र क्लोजअप लेन्स किन चाहिन्छ ?
1:30:20 – महाभाराको कविता वाचन
1:34:06 – What makes you happy?
1:34:25 – What makes you sad?
1:34:27 – What makes you frustrated?
1:35:41 – What makes you hopeful?
1:36:00 – लेखक, राजनीतिज्ञ वा पत्रकार बन्न चाहनेलाई के नगर भन्न चाहनुहुन्छ ?