१७ औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले गर्याे रक्तदान र समाजसेवा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बिहीबार आफ्नो स्थापनाकालको १६औँ वर्ष पूरा गरि १७औँ वसन्तमा प्रवेश गरेको छ ।

बैंकले यस यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको छ ।

हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ ।

करिब ८ लाख ग्राहकहरूलाई सेवा पुर्याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरूमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौँको पुतलीसडकमा १२३ औँ शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ः

१. रक्तदान कार्यक्रम : विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भएको छ ।

२. रक्तदान कार्यक्रम : विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको छ ।

३. रक्तदान कार्यक्रम : विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको छ ।

४. गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण

५. श्री शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था, स्याङ्जा मा न्यानो कपडा वितरण

६. गुरुकुल वृद्धाश्रम, स्याङ्जा मा न्यानो कपडा वितरण

७. बिर्तामोड नगरपालिका, झापाको सबै वडाहरूका लागि डस्टबिन हस्तान्तरण

८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण

९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरूका लागि स्कुल ब्याग वितरण

१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण

११. प्रशान्ति वृद्धाश्रम केन्द्र ९सुर्खेत०लाई आवश्यक बेड हस्तान्तरण१२. ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना

१३. वित्तीय जागरूकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

१४. सेती प्रादेशिक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण

१५. काठमाडौँको बुढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण

१६. नेपाल प्रहरी अनाश्रित गुल्म, सुनधारालाई भिजिटर कुर्सी हस्तान्तरण

१७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *