कुर्सीबाट लडेका शिक्षकको मृत्यु
मकालु खबर
२०८० मंसिर ८ गते
कञ्चनपुर । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको विहीबार मृत्यु भएको हो ।
विद्यालयमा पढाउने बेला उनी कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए । ४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो ।
४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो । मृतक शिक्षक चिमाडीका दुई छोरी र एक छोरा छन् ।
मकालु खबर
२०८० मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित