धनगढी उडेको श्रीएयरको विमानकाे इञ्जिनमा आगो देखिएपछि फर्काइयो काठमाडौं
मकालु खबर
२०८० मंसिर ८ गते
धनगढी उडेको श्रीएयरको जहाजको एउटा इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काइएको छ ।
आगो देखिएको इन्जिन बन्द गरी अर्को इन्जिन सञ्चालन गरेर जहाज काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
उनका अनुसार जहाज काठमाडौंबाट दिउँसो ३ः४३ मा उडेको थियो । ७५ जना यात्रु रहेको विमान ४ः२३ मा काठमाडौं फर्किएको थियो।
यात्रुलाई अर्को जहाजमार्फत धनगढी लगेको प्रवक्ता झाले जानकारी दिए।
मकालु खबर
२०८० मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित