बाइकको किस्ता तिर्न नसकेपछि आत्महत्या प्रयास
मकालु खबर
२०८० मंसिर १० गते
काठमाडौँ । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन् । मोटरसाइकलको किस्ता तिर्न नसकेको भन्दै ती व्यक्तिले लाइभ गरेर आत्महत्या प्रयास गरेका हुन् ।
मोरङस्थित एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग उक्त पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका युवकले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । आफूले उक्त अटो वर्कशपलाई २८ हजार रुपैयाँ किस्ता तिर्न बाँकी रहँदा लगातार टर्चर आइरहेपछि आत्महत्याको निर्णयमा पुगेको उनले लाइभमार्फत बताएका थिए ।
यद्यपि ती व्यक्तिको उद्धार भइसकेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले फेला पारी उद्धार गरेको हो ।
मकालु खबर
२०८० मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित