दुर्गा प्रसाईंले सर्वोच्चमा हालेको रिट निवेदन फिर्ता लिए

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन् ।

शुक्रबार प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर प्रसाईंलाई प्रशासनले नजरबन्दमुक्त गरिसकेकाले आफूहरुले निवेदन फिर्ता लिएको अधिबक्ता भण्डारीले जानकारी दिए ।

यसअघि प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको रिटमा प्रसाईंलाई नजरबन्दमुक्त गर्न माग गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *