सबै संसद्‍वादी पार्टी सकिए, आन्दोलन रोकिँदैन : दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफूहरुको आन्दोलन नरोकिने बताएका छन् । सोमबार साँझ पत्रकार सम्मेलन गर्दै उनले आफूहरुसँग आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

सबै संसदवादी पार्टीहरु सकिएकाले आन्दोलन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले भने,’आन्दोलन रोकिँदैन । अब सबै पार्टीहरु सकिए । हामी अगाडि आन्दोलन गर्नुको विकल्प छैन । एमालेसँगै सबै संसदवादी पार्टी अब सकिए ।’

पार्टीहरुको नेतृत्वकै कारण अहिलेको व्यवस्था जान लागेको उनको जिकिर थियो । ‘यो व्यवस्था यिनै पार्टीको नेतृत्वले गर्दा जाने भयो,’ उनले भने ।

उनले गौशालामा आफूहरुले गरेको कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै त्यसप्रति आक्रोश पोखे  । पक्राउ परेका आफ्ना समर्थकहरुलाई रिहा गर्न उनले मागसमेत गरे । प्रसाईंले मंगलबार पुनः गौशालामै आफूहरुले प्रदर्शन गर्ने बताए । आफूहरुले आन्दोलनका लागि सरकारसँग कुनै ठाउँ नमाग्ने र माइतीघरमा आन्दोलन गर्न नदिए चोकचोकमा प्रदर्शन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *