आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभबाट ‘नेशनल लाइफ’ सम्मानित

काठमाडौँ । यही मंसिर ७ गते इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथो आइ सी सी इमर्जिङ एसिया कन्क्लेभमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।

भारतको मुम्बई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट कम्पनीहरूलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ‘ग्रोथ इन न्यू बिजनेस प्रिमियम इन नेपाल अवार्ड’ बाट सम्मानित भएको हो ।

विश्वकै प्रतिष्ठित पिडब्लुसीले एसियाका बीमा कम्पनीहरूको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरूलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

कम्पनीका सहायक महा प्रबन्धक श्री प्रज्वल सायमीज्यूले उक्त सम्मान ग्रहण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *