घर बनाउने क्रममा सिँढी खसेर सन्तोषले गुमाए ज्यान

काठमाडौँ । कञ्चनपुरमा घर बनाउने क्रममा एक मिस्त्रीको ज्यान गएको छ । बेलडाडी -३ खैरीघाटमा घरको सिँढी निर्माणका क्रममा सिँढी खस्दा बेलडाडि गाउँ पालिका-३ बैवाहाका मिस्त्री २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको हो ।

सन्तोष ठेक्का लिई घर निर्माणको गरिरहेका थिए । आफैले निर्माण गरेको सिँढी खस्दा घाइते भएका सन्तोषको उपचारको क्रममा धनगढीको निसर्गमा मृत्यु भएको हो । शवको पोस्टमार्टमका लागि सेतीमा लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *