सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाब
मकालु खबर
२०८० मंसिर १३ गते
काठमाडौं । उपचारको क्रममा आमा र शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल लमजुङमा आफन्तले प्रदर्शन गरेका छन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ पामचोककी २६ वर्षीया शोभा विकको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा प्रदर्शन गरेका हुन् ।
अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरीको मृत्यु भएको उनीहरूको आरोप छ ।
सुत्केरी बेथापछि शोभालाई अस्पतालमा लगिएको थियो ।
सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलवार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
अहिले अस्पताल व्यवस्थापन र मृतकका आफन्तबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए ।
मकालु खबर
२०८० मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित