जहाजबाट हेर्दा उज्यालो देखिने शहर ललितपुर : मेयर चिरिबाबु

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने भएका छन् । बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उहाँले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताए । ‘हामीले यो रिङ रोडमा धेरै दुर्घटना परिघटना भइरहेका छन् । तर त्यसको मुख्यकुरा भनेको बत्ती नबलेर नै हो । कुसुन्तीमा अहिलेसम्ममा २४ जना मान्छे अकालमै मृत्यु भयो, धोबिघाट कीर्तिपुर जोन बाटोमा ३४ जनाको अकालमा मृत्यु भयो । तर ती घटनाहरु भइरहँदा प्रायः रात्रिकालीन बत्ती नभएको कारणले नै हो,’ उनले भने, ‘हामीले त्यहाँ बत्ती बाल्नको निमित्त १० दिन भित्रमा टेण्डर छाप्दैछौँ । त्यसपछि ललितपुर महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बल्छ । बत्ती बलेपछि बत्ती नभएको कारणले दुर्घटना नहोस् भन्ने हो ।’

मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत् प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताए । यही वर्ष पनि हामीले ३ करोड रुपैयाँ बत्तीका लागि स्मार्ट सिटी लाइटका लागि राखेका छौँ । १ करोड २० लाख विद्युत् प्राधिकरणको हुन्छ, गर्दा ४ करोड २० लाख बत्तीका लागि राखेका छौँ । गएको वर्षको टेण्डर त बाँकी नै छ । तसर्थ यी दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुनेछ । रात्रीकालीन अवस्थामा प्लेनमा चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगरपालिका हो । जुन शहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ,’ उनले भने ।

मेयर महर्जनले रात्रीकालीन अवस्थामा जहाजमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने शहर ललितपुर हुने बताए । महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो । महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *