होटलमा अनैतिक काम : तीन महिला, तीन जना पुरुष पक्राउ
मकालु खबर
२०८० मंसिर १८ गते
कैलाली । कैलालीको अत्तरियाका होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र तीन जना पुरुष रहेका छन् ।
आइतबार गोदावरी नगरपालिकाको वडा नम्बर २ का जनप्रतिनिधि, कर्मचारी, गोदावरी होटल व्यवसायी संघ र इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी सहितको संयुक्त टोलीले गरेको अनुगमनमा अत्तरियाका होटलमा अनैतिक क्रियाकलाप हुने गरेको पाइएको हो ।
पक्राउ परेकाहरूको नाम र होटलको नाम भने प्रहरीले खुलाएको छैन । सोही टोलीले अत्तरियाका ४० वटा होटलमा अनुगमन गरेको थियो ।
जसमा १५ वटा होटल सञ्चालकहरूले स्थायी लेखा नम्बर तथा दर्ता बिना सञ्चालन गरेको र १५ वटा होटलहरु नवीकरण तथा वडामा दर्ता नभएको पाइएको प्रहरीले जनाएको छ।
मकालु खबर
२०८० मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित