जलवायु परिवर्तनका मुद्दालाई गहन र खुला रुपमा छलफल गर्न आवश्यक : कोप २८ अध्यक्ष
काठमाडौँ । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो अन्तिम निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड दिन आवश्यक रहेको बताएका हुन् ।
उनले प्रगति भइरहेपनि पर्याप्त र छिटो काम हुन नसकेको बताए ।
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा कोप २८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले जलवायु परिवर्तनका मुद्दालाई गहन रुपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताए ।
उनले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताए ।
आफूले समाधानका लागि सबै देशहरू तयार हुनुपर्ने चाहेको बताए । सबैजना लचिलो हुन र सम्झौता स्वीकार गर्न तयार हुनुपर्ने बताए ।
कोप २८ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्नेछ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनले सबै देशहरूले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकटको समाधानको लागि काम गर्न विश्वभरबाट १ लाख १० हजार भन्दा बढी सहभागी भएका छन् ।