एमालेको संकल्प यात्रा बिथोल्न खोज्ने किरातीसहित आन्दोलनकारी पक्राउ

काठमाडौँ । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने पूर्वमन्त्रीसमेत रहेका पहिचानवादी नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पूर्वमन्त्री किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली बताए ।

उनले खोटाङ र भोजपुरबाट उनीहरू पक्राउ परेको जानकारी दिए ।

किरातीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ ।

पूर्व मन्त्रीलाई पक्राउ गरिएको होइन् नियन्त्रणमा मात्र लिइएको कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए ।

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ। अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टिम उदयपुर आइपुग्ने एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर आन्दोलनकारीले अवरोध सृजना गरेका छन् ।

ओखलढुंगाको हर्कपुरमा आमसभा गर्ने र अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई लक्ष्य गरी प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *