पहिचानवादीको अवरोध छिचोल्दै दिक्तेलमा ओली, सुरक्षा व्यवस्था कडा

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा रहेका अध्यक्ष केपी शर्मा ओली खोटाङको सदरमुकाम दिक्तेल पुगेका छन्। पहिचानवादीको अवरोधकाबिच ओली मंगलबार साँझ दिक्तेल पुगेर बास बस्न पुगेका हुन्।

ओलीसहितका एमाले नेताहरुको सुरक्षाका लागि दिक्तेलमा प्रहरीको संख्या बढाइएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। एसपीको कमाण्डमा करिव १ हजार प्रहरी जिल्लामा थप गरिएको छ।

एमालेको अभियानलाई अवरोध गर्न पहिचानवादीले बन्द घोषणा गरेका थिए। सोमबार साँझ नै राँके जुलुस गरेका उनीहरुले ओली लक्षित कार्यक्रम अन्तरगत मंगलबार बिहानैदेखि सडक अवरोध गरिरहेका थिए।

ठाउँठाउँमा ढुंगा र रुख लडाएर बाटो अवरोध गरिउको थियो।
तर दिउँसो उदयपुरको घुर्मीमा आयोजित कार्यक्रम सकेर कडा सुरक्षाबीच टोली दिक्तेल पुगेको हो।

बुधबार बिहान दिक्तेलमा भेटघाटका कार्यक्रम गरेर उनीहरु भोजपुर प्रवेश गर्नेछन्। एमालेको कार्यक्रम अवरोधका लागि निस्किएका गोपाल किरातीसहितका १५ जना पहिचानवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

एमालेको अभियान जाने भएपछि भोजपुरको पनि सुरक्षा व्यवस्था बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *