जसपाको नवलपुर जिल्ला समिति पुनर्गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ ।

मंगलबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रमबाट जगतकाजी गुरुङको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा जसमती थापा, भुम राई मगर सचिव कुलबहादुर थापा सह सचिव रिमबहादुर दरै उपसचिव दलबहादुर कानु र कोषाध्यक्षमा नानीमाया महतो चयन भएका छन् ।

जसपाले पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समयावधि पुस मसान्तसम्म बढाएसँगै गठन र पुनर्गठन गर्न बाँकी रहेका समिति र संगठनको कार्यलाई निरन्तरता दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *