महासमिति बैठक पुनः सार्नेकुरा भएको छैन : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा नेता डा। शेखर कोईराला—महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भई बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्ने आवाज उठेको बताए ।
उनले भने ‘राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको छ । त्यसमा न्यायोचित हुनुपर्छ, घरीघरी अवसर पाउनेहरूले नै अवसर पाउनु हुन्न भन्ने आवाज उठिरहेको छ । सारभूत रुपमा पार्टी एक छ । महासमिति बैठक आधिकारिक रुपमा सार्ने भन्नेकुरा आएको छैन । महासमितिमा केके एजेण्डामा छलफल गर्न सकिन्छ भनेर बैठक बसेका हौँ ।’
उपसभापति गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा पार्टीबाट नभएको बताए ।