यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका बारेमा समितिमा छलफल गर्न सांसद गौतमको माग
मकालु खबर
२०८० मंसिर २७ गते
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्यमान असमान कानुन बारे छलफलको माग गरेकी छन्।
बुधबार कानुन, न्याय तथा मानवअधिकार समितिमा निवेदन दिँदै काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद गौतमले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विवाह, सम्बन्ध विच्छेद, सम्पत्ति तथा बच्चा सम्बन्धी अधिकार लगायतका विद्यमान असमान कानुन बारे छलफल गराउन माग गरेकी हुन्।
नेपालको संविधान बमोजिम ऐन कानुनहरु नबन्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नेपाली नागरिकहरुले सम्मानपुर्वक बाँच्न कठिनाई भएको सांसद गौतमको निवेदनमा उल्लेख छ।
संविधान बमोजिम ऐन कानुन नबन्दा लैङ्गिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले नेपाली नागरिक हुनुको वास्तविक महसुस नै गर्न नसकेको भन्दै यसविषयमा समितिमा छलफल आवश्यक रहेको गौतमले औंल्याएकी छन्।
यस्तो छ सांसद गौतमको निवेदन :
मकालु खबर
२०८० मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित