नागरिकलाई छिटो न्याय दिन पहल गर्छु : प्रश्तावित न्यायाधीश सुवेदी

काठमाडौं । सर्वोच्च अदालतकी प्रश्तावित न्यायाधीश शारङ्गा सुवेदीले महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गलाई छिटो छरितो रुपमा न्याय दिन पहल गर्ने बताएकी छन् ।

संसदीय सुनुवाई समितिको शुक्रवारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रश्तुत गर्दै सर्वोच्च अदालतकी प्रश्तावित न्यायाधीश सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरुसँग सम्बन्धित विवादलाई छिटो, छरितो रुपमा निरुपण गरी न्यायको प्रत्याभुति दिन विशेष पहल गर्ने बताएकी हुन् ।

उनले न्यायमा विलम्बले न्यायलाई पराजित गर्ने भन्दै छिटो, छरितो न्याय सम्पादन गर्ने कुरालाई आफूले प्राथमिकतामा राख्ने बताइन् ।

उनले न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता गरिन् ।
त्यस्तै उनले न्यायपालिकाको रणनीतिक योजना निर्माण र सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवको आधारमा यथाशक्य योगदान पु¥याउने पनि बताइन् ।

सुवेदीले मुद्दाको व्यवस्थापन, इजलाशको समयको व्यवस्थापनमा आफ्नो सक्रिय पहल र सहभागिता रहने बताइन् ।

त्यसैगरी, न्यायिक सुधारको कार्यमा आफ्नो प्रयासहरु जारी रहने बताइन् ।

उनले भनिन् – ‘न्यायमा विलम्बले न्यायलाई पराजित गर्ने भएकोले न्यायपालिकाको प्रमुख चुनौतिको रुपमा यही विषय रहेको छ भन्ने कुरा मैले मनन गरेको छु । समयमा छिटो, छरितो न्याय सम्पादन गर्ने कुरा प्रमुखताका साथ राखेर मैले आफ्नो कार्य सम्पादन गर्नेछु भन्ने प्रतिवद्धता जायर गर्न चाहन्छु । न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्नेछु । न्यायपालिकाको रणनीतिक योजना निर्माण र सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवको आधारमा यथाशक्य योगदान पु¥याउनेछु । मुद्दाको व्यवस्थापन, इजलासको समयको व्यवस्थापनमा मेरो सक्रिय पहल र सहभागिता रहनेछ । न्यायिक सुधारको कार्यमा अथक सुधारका प्रयासहरु जारी रहनेछन् । नागरिकको मौलिक हकको संरक्षण, सम्वद्र्धन, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरु सँग सम्बन्धित संवेदनशील विषयका विवादलाई छिटो, छरितो रुपमा निरुपण गरी न्यायको प्रत्याभुति दिने कार्यमा मेरो विशेष पहल रहनेछ । संविधान र कानूनको अन्तिम व्याख्याता सर्वोच्च अदालत हुने भएकोले संविधानको उपरोक्त मर्म र भावनालाई सम्मान गर्दै न्यायलाई सम्बोधन गर्ने कार्यमा मेरो विशेष प्रयास रहनेछ । विधिको शासन कायम गर्न, लोकतान्त्रिक मूल्य र मान्यताहरुमा आधारित लोककल्याणकारी राज्यको स्थापना गर्ने कार्यमा आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्न म प्रतिवद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु ।’

उनले विधिको शासन कायम गर्न, लोकतान्त्रिक मुल्य र मान्यताहरुमा आधारित लोक कल्याणकारी राज्यको स्थापना गर्ने कार्यमा आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्न प्रतिवद्ध रहेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *