सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै
मकालु खबर
२०८० पुस १ गते
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ ।
प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ ।
मकालु खबर
२०८० पुस १ गते
प्रतिक्रिया
सम्बन्धित