पहिचानवादीको हडतालको आंशिक प्रभाव

काठमाडौँ । पहिचानवादीले आज पनि हडताल जारी रहेका छन् । पक्राउ परेका नेता तथा कार्यकर्तालाई निःशर्त रिहा गर्न माग गर्दै पहिचानकर्मीले यातायात अवरुद्धसहित हडताल जारी राखेका हुन् ।

धरानको भानुचोकबाट लामो दुरीका सार्वजनिक सवारीसाधन लगातार दोस्रो दिन पनि ठप्प छन् । भानुचोक क्षेत्रमा आवागमन अवरुद्ध गरिएको हो । शनिबार धरानमा यातायात अवरुद्ध गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई साँझ रिहा गरेको थियो ।

सार्वजनिक यातायात ठप्प छन् भने बजार तथा शैक्षिक संस्था सामान्य रुपमा चलेका छन् । एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा अवरोध पुर्‍याउने प्रयास गरेको आरोपमा गोपाल किराँतीसहित दुई दर्जनभन्दा बढी पहिचानवादी नेता/कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *