पहिचानवादीले पराल बोकेको गाडी जलाए 

काठमाडौँ । पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् । झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् ।

बन्दकर्ताले आगो लगाउँदा पिकअप पूर्ण रुपमा जलेको छ । बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले जानकारी दिएका छन् । मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न ठाउँमा यातायात अवरुद्ध गरेका थिए ।  बन्दको समयमा सुरक्षा नदिएको भन्दै यातायात व्यवसायीले सरकारसँग गुनासो गरेका छन् ।

कोशी प्रदेशको नामकरण सच्याउन माग गर्दै आन्दोलनरत पक्षले हिजो र आज मेची राजमार्ग बन्द आह्वान गरेको छ । उनीहरूले आफ्ना कार्यकर्ता रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *