बाजुरामा फेरि गयो भूकम्प
मकालु खबर
२०८० पुस २ गते
काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।
बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ ।
मकालु खबर
२०८० पुस २ गते
प्रतिक्रिया
सम्बन्धित