बसले पछाडिबाट ठक्कर दिँदा बाइकमा सवार श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

काठमाडौँ । कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा आइतबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा शुक्लाफाँटा नगरपालिका-२ बन्साहकी ३९ की भागरथी अवस्थीको मृत्यु भएको हो । म१ ख ९३५ नम्बरको बसले सुपप्र ०१-००९ प १२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । धनगढीको माया मेट्रो अस्पतालमा लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर अवस्थीका श्रीमान् र छोरा घाइते भएका छन् । मोटरसाइकल चालक शिवराज अवस्थी र उनका १३ वर्षीय छोरा बालकृष्ण उपचारपश्चात् डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार बस चालक बैतडी दशरथचन्द नगरपालिका-२ देहीमाण्डौँका ३२ वर्षीय नरेन्द्र सिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *