कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरूलाई सकारात्मक रुपमा लिएका छौँ : योगेशकुमार भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् ।

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी गतिविधि गर्न लागेकाहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उनको जिकिर थियो ।

मंगलवार सचिव भट्टराईले मुलुकमा देखिएको विखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराए । उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा विखण्डनकारी गतिविधि गर्नेहरूको प्रतिरोध गर्ने बताए ।

कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरूलाई आफूहरूले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

उनले भने ‘अब यी विगतका कुरा हुन् । विगतका सानातिना, मसिना कुराहरूलाई ल्याएर ठूलो अतिरञ्जना गर्नुपर्ने आवश्यकता छैन । हिजो कतिपय पहिचान भन्ने साथीहरूमा कन्फ्युजन थियो । हामी जब ओलखढुंगादेखि फिदिम हुँदै चिवाभञ्ज्याङसम्म कार्यक्रम गर्यौँ । एउटा कार्यक्रममा २० औं हजारसम्म मानिसहरु सहभागी भए । भनेपछि त्यहाँ हामी दसौँ कार्यक्रम भयो । भनेपछि त्यो ठाउँमा झन्डै ४÷५ लाख मान्छे त प्रत्यक्ष हामीसँग कुरा गर्न आउनु भयो, आम सभामा आउनुभयो भनेपछि त्यहाँ नेकपा एमाले नै बलियो छ नि । नेकपा एमालेकै वर्चश्व छ भन्ने कुरा स्पष्ट छ । दोस्रो कुरा मैले अघि पनि भने–पहिचान भित्रका दुई वटा प्रवृत्ति हामीले छुट्टाएर हेर्छौँ । जो बिखण्डकारी छन् । तिनीहरूसँग हाम्रो कुराकानी हुँदैन । त्यो राज्यले डिल गरोस् । कसरी गर्छ, प्रचण्डले डिल गर्नुहुन्छ । त्यो सरकारको काम हो नि । राज्य भनेपछि आज सरकारमा को छ ? उहाँको होइन । उहाँ मज्जाले कानमा तेल हो र बस्ने त होइन नि । यत्रो कुरा उठिराखेको छ । के हो त ? सम्बोधन गर्नुपर्यो नि त । के गर्ने भनेर । अर्को एमाले एउटा अपोजिशनको हिसाबले प्रमुख दल हुनुको नाताले हामीले सकारात्मक साथीहरूसित, सकारात्मक व्यक्तिहरूसित जो पहिचान पक्षधर हुनुहुन्छ । र कोशी प्रदेशमा नाम बदल्नुपर्छ भनेर पोजेटिभली नै छलफल गरिरहनुभएको छ । उहाँहरूसँग हाम्रो संवाद हुन्छ । जो निषेधकारी छन्, उनीहरूसँग संवाद हुँदैन । तिनीहरूसँग प्रतिरोध हुन्छ ।’

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चश्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पनि पुष्टि गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *