कुमारी बैंक ‘एक्सचेन्ज इन कस्टुमर कार्ड–क्रेडिट’ अवार्डद्वारा सम्मान
काठमाडौँ । कुमारी बैंक लिमिटेडलाई ‘एक्सचेन्ज इन कस्टुमर कार्ड–क्रेडिट’ अवार्डले सम्मान गरिएको छ ।
बुधवार VISA International ले आयोजना गरेको ‘Leadership Conclave Nepal 2023’ सम्मेलनमा कुमारी बैंक लाई ‘एक्सचेन्ज इन कस्टुमर कार्ड–क्रेडिट’ अवार्डले सम्मान गरिएको हो ।
कुमारी बैंकले आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता गरेको छ ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।