पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज (बुधबार) बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो। पुनले भोलि (बिहीबार) पदभार ग्रहण गर्नेछिन्।

यसका साथै परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री-वितरणमा बन्देज गर्ने निर्णय र पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोस्टहरु निर्माण गर्नेसमेत निर्णय गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *