चितवनसँग झापा पराजित

नेपाल सुपर लिग फुटबलमा चितवन एफसीसँग झापा २-० ले पराजित भएको छ।

चितवन एफसीका रफिक अमिनुले २ गोल गरेपछि दशरथ रंगशालामा झापा स्तब्ध भएको हो। चितवनलाई जिताउने क्रममा रफिकले ७ र ७७ औं मिनेटमा गोल गरेका थिए ।

झापाका अन्जन विष्टले ८२ औं मिनेटमा हानेको पेनाल्टी चितवनका किपर विशाल श्रेष्ठले बचाएका थिए । यो खेल जितेको भए झापा प्ले अफमा स्वत छनोट हुने थियो।
तर यो हारले झापाको प्ले अफ संकटमा परेको छ । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमा छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने सम्भावना बाँकी नै छ।

काठमाडौंले ललितपुर सिटीसित र वीरगञ्जले बुटवल लुम्बिनी एफसीसँग खेल्न बाँकी छ। यी खेलमा काठमाडौं र वीरगञ्ज दुवै पराजित भएमा मात्रै झापा चौथौ स्थानमै रहेर प्ले अफमा पुग्ने छ।

झापामाथिको जितपछि पनि चितवन भने बाहिरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *