सिटीले जित्यो क्लब विश्वकपको उपाधि
मकालु खबर
२०८० पुस ७ गते
काठमाडौँ । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।
म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।
फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ ।
मकालु खबर
२०८० पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित