चुनाव हारेका सिटौला र कोइराला राष्ट्रिय सभाका लागि पहिलो नम्बरमा सिफारिस

गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र सुजाता कोइराला राष्ट्रिय सभाको उम्मेदवारका लागि सिफारिस भएका छन्।

नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका ६३ जना आकांक्षीको नाम सिफारिस गरेको हो। जसमा सिटौला र कोइरालालाई पहिलो नम्बरमा राखिएको छ। खुल्लामा सिटौला र महिलातर्फ कोइरालाको नाम पहिलो नम्बरमा राखिएको छ।

सिटौला झापा ३ मा राजेन्द्र लिङ्देनसँग र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्। तर तीनै पराजित नेता अहिले राष्ट्रिय सभा प्रवेशको कसरतमा लागेका हुन्।

महिलामा २५ जना र अन्यतर्फ ३८ जनाको नाम सिफारिस गरिएको कांग्रेस कोशीका महामन्त्री भूपेन्द्र राईले बताए।कोशी प्रदेश कार्यालय विराटनगरमा बसेको बैठकले जिल्लाबाट आएका सबै सिफारिस केन्द्रमा पठाएको हो।

कांग्रेस केन्द्रीय समितिले पुस १० गतेभित्र आकांक्षी मध्ये तीन जनाको नाम पठाउन प्रदेशलाई निर्देशन दिएको थियो।

अन्य नेताहरुमा महेश आचार्य, डा मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ,आङगेलु शेर्पा, डा. डिला संग्रौला र रुक्मिणी कोइराला, सहितको नाम पठाएको छ।

कांग्रेसको शेखर कोइराला र गगन थापा नेतृत्वको समूहले भने यसअघि चुनावमा पराजित भएकाहरुलाई राष्ट्रिय सभामा उम्म्ेदवार बनाउन नहुने अडान राख्दै आएका छन्। तर कोशीले त्यसविपरित दुवै जना चुनाव हारेकालाई प्राथमिकतामा राख्दै पठाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *