नीर शाह राष्ट्रिय सभा सदस्य उम्मेदवारमा सिफारिस

काठमाडौं । अभिनेता नीर शाह राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन् ।

वरिष्ठ फिल्म निर्देशक शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा नाम सिफारिस गरेको हो ।

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । मंगलबारसम्म ९० जनाले नाम टिपाएकामा बुधबार शाहले नाम टिपाएका हुन् ।

राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *