बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला
मकालु खबर
२०८० पुस १२ गते
जानकी । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको हो ।
खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो ।
अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
मकालु खबर
२०८० पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित