बाजुरामा आफ्नै जिप खस्दा समाजसेवी देवेन्द्र नाथको मृत्यु
मकालु खबर
२०८० पुस १३ गते
बाजुरा । जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका-६ घर भएका जिप धनी ३८ वर्षीय देवेन्द्र नाथको मृत्यु भएको हो ।
घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । समाजसेवी समेत रहेका मृतक नाथ जयमालिका यातायात प्रालिका महासचिव हुन् भने उद्योग वाणिज्य संघ बाजुराका सचिव थिए । उनको निधनले सिङ्गो बाजुरा स्तब्ध भएको छ ।
मकालु खबर
२०८० पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित