चन्द्र भण्डारीको प्रश्न– कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाए ।

उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? भन्दै प्रश्न गर्नुभयो । उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढीरहेको बताए ।

नेता भण्डारीले भने– ‘अहिले समाजमा के भइरहेको छ ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’

नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *