ईपीएस कोरिया शाखा प्रमुख सुवेदी निलम्बित
काठमाडौं । सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनापछि सरकारले उनलाई निलम्बन गरेको हो ।
यसअघि ईपीएस कोरियाका लागि सिप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज(डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय भएको छ ।
शुक्रबारको घटनापछि शनिबार बिहानैदेखि श्रम मन्त्रालयका सबै विभागीय कर्मचारीहरू र मन्त्रीबीच त्यसबारे छलफल भएको थियो ।
उक्त छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयले निलम्बनको प्रस्ताव लगेको थियो। जुन स्वीकृत भएको स्रोतले जानकारी दिएको छ ।