अनन्त बने नेपाल सुपर लिगको सार्वोत्कृष्ट खेलाडी
ललितपुर सिटी एफसीका कप्तान समेत रहेका डिफेन्डर अनन्त तामाङ नेपाल सुपर लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
उनकै कप्तानीमा शनिबार सम्पन्न फाइनलमा साविक उपविजेता धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुरले उपाधि जितेको थियो।
टोलीलाई महत्वपुर्ण उपाधि जिताएका अनन्तलाई सर्वोत्कृष्ठ खेलाडी घोषित गरिएको हो। अनन्तले २ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन्।
अनन्तले आफ्नो कप्तानीमा लगातार दुई घरेलु उपाधि उचालेका हुन्।
यसअघि ए डिभिजन लिगमा पनि उनकै कप्तानीमा चर्च ब्वाइजले पहिलो सिजिनमा नै लिग च्याम्पियन बनेको थियो।
सुपर लिगको उत्कृष्ट गोलरक्षक ललितपुरका जेफ्रि विलि मार्सेल भए। लिगका ११ खेलमा उनले पाँच खेलमा क्लीन सिट राख्न सफल रहे। उनले १ लाख रुपैयाँ पाए।
लिगका सर्वाधिक गोलकर्ता ललितपुरका इमो इजिके भए। लिगमा ६ गोल गरेका इमो सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहे। उनले १ लाख रुपैयाँ प्राप्त गरे।
उदीयमान खेलाडी धनगढीका रोहन कार्की भए। धनगढीका फरवार्ड रोहनले पनि १ लाख रुपैयाँ प्राप्त गरे।
फेयर प्ले अवार्ड विरगन्ज युनाइटेड एफसीले पाएको छ। फाइनलको म्यानअफद म्याथ्च भने अदित्य शाक्य भए।