चाबेलबाट एक पुरुष अपहरण गरेर गागलफेदीमा बन्धक

काठमाडौं । काठमाडौंको चाबेलबाट रसुवाका हिस्सीखायाँ तामाङ ‘अपहरण’मा परेको खुलेको छ ।

एक महिनाअघि नै उनले आफू अपहरणमा परेको उजुरी दिएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उनी अपहरणमा परेको खुलेको प्रहरीले जनाएको छ । शनिबार र आइतबार (हिजो र आज) गरी प्रहरीले तामाङको अपहरणमा संलग्न आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ ।

चार युवाले तामाङलाई आफूहरू प्रहरी भएको भन्दै चाबेलबाट काठमाडौंकै गागलफेदीको एक रेस्टुरेन्टमा पु¥याएर बन्धक बनाएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई बन्धक बनाएर १३ लाख ५० हजार रुपैयाँ फिरौती लिइएको थियो । तामाङले चिनियाँ नाका रसुवा क्षेत्रमा दोभासेको काम गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *