गृहमन्त्रीका पीएको अश्लील भिडियो भाइरल

काठमाडौं । सुदूरपश्चिमका एक मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो ।

सो भाइरल भिडिओ एक मिनेट ५० सेकेन्डको रहेको छ । उक्त भिडिओमा शर्मा भिडिओ कल गरेर अश्लील गतिविधि गरेको देखिन्छ ।

तर, उक्त भिडिओ हेर्दा शर्मालाई स्क्यामरले फसाएको जस्तो देखिन्छ । पछिल्लो समय स्क्यामरले भिडिओ कलले गर्दा थुप्रैको जीवन उजाडिएको छ ।

स्क्यामरले विभिन्न प्रलोभनमा पारेर कल गर्दा अश्लील गतिविधि गर्न लगाइ भिडिओ रेकर्ड गरेर ब्ल्याकमेल गरी पैसा नदिए भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै आइरहेका छन् ।

यसबारे बुझ्न शर्मालाई फोन गर्दा उनको फोन अफ रहेको छ । उनको विषयमा मन्त्री भट्टसँग बुझ्दा उनले आफू बैतडी सदरमुकाममा रहेको र स्वकीय शर्मा घर गएको जानकारी दिए ।

उनले आफूलाई पनि शर्माको विषयमा जानकारी आएको जनाउदै आफूले सो सम्बन्धमा बुझिरहेको दाबी गरे । शर्माको घर बैतडीको दशरथचन्द नगरपालिका–७ हो ।

प्रतिक्रिया

One thought on “गृहमन्त्रीका पीएको अश्लील भिडियो भाइरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *