जनतासँग विशेष रूपान्तरण अभियानले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भयो : माओवादी

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रूपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन् ।

उनले जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको बताए ।

उनले कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभई माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे ।

उनले अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्यामा वृद्धि हुँदै जान उल्लेखनीय भुमिका खेलेको बताए । उनले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताए ।

उनले भने ‘जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । त्यो टोल कमिटीदेखि समिति गठन, पुनःगठन भएको छ । तिनीहरू सक्रिय भएका छन्, तिनीहरू चलायमान भएको छ । कार्यकर्ताहरूमा जागृति आएको छ । जनतामा आशा पलाएको छ । यो अभियानले चुनावको बेलामा मात्रै होइन, माओवादी अरु बेलामा पनि आउँदा रहेछन्, आए भन्ने खालको जनतामा आशाका झिल्का पैदा भएको छ । बनेका ठाउँका सङ्गठनहरू सक्रिय थिएनन्, तिनीहरू अहिले सक्रिय भएका छन्, सुदृढ भएका छन् । नबनेका ठाउँमा संगठन बनेको छ । पहिला छिटपुट निष्क्रिय भएर बस्ने, कतिपय सन्दर्भमा पार्टीबाट पलायन हुने जस्ता घटना भए भने अहिले पार्टीमा पलायन हुने कुराको अन्त्य भयो । पुराना कार्यकर्ता पनि जोडिएका छन् । अलि उल्लेखनीय संख्यामा पनि पार्टी प्रवेश कार्यक्रम भएको छ । पार्टीमा एउटा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका आलोचना र गुनासा छन् तर जनताले यिनलाई निरन्तरता दिनुपर्छ भनेर माग गरेका छन् । नवीकरणको प्रक्रिया तीव्रताका साथ अघि बढेको छ ।’

प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भुमिका खेलेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *