रुसी सेनामा भर्ना भएका एक नेपाली युवकको मृत्यु
मकालु खबर
२०८० पुस १७ गते
काठमाडौँ । रुस–युद्धमा सहभागी स्याङ्जा, वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी हरि अर्यालको मृत्यु भएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।
उनले भने ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो ।’
उनका अनुसार २८ डिसेम्बर १२ पुसमा अर्यालको मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
मकालु खबर
२०८० पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित