सरकारले रोक्यो रूस र युक्रेनको श्रम स्वीकृति

२०८० पुस १९ गते

सरकारले युद्धग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द गरेको छ। यसअघि यी मुलुकका लागि श्रम स्वीकृति दिँदै आएको थियो।
युद्ध चलिरहेका बेला पनि नेपाली युवाहरू रूसी सेनामा भर्ना भइरहेका कारण श्रम स्वीकृति स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ।
पछिल्लो समय रूसी सेनामा नेपाली युवाहरूले ज्यान गुमाइरहेका छन्।


२०८० पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित