जयशंकरले पशुपतिमा गरे पूजा र वृक्षरोपण
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन् । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका उनले बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।
दर्शनपछि उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे । बिहीबार नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए । जयशंकर आज स्वदेश फर्किँदैछन् ।
नेपाल भ्रमणको क्रममा बिहीबार नेपालमा उत्पादित १० हजार मेगावाट बिजुली किन्न भारतले सैद्धान्तिक सहमति जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जासचिव गोपालप्रसाद सिग्देल र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे।नेपालमा खपत भई बढी भएको बिजुली भारतले किन्ने सम्झौता भएको हो ।
यो सम्झौताले विद्युत् व्यापार सुनिश्चित गरेको तथा मुलुकभित्र विद्युत् उत्पादनका लागि लगानीको ढोका खुलेको विज्ञहरूले बताएका छन् । भारतमा विद्युत् निर्यातको परिमाण १० वर्षमा १० हजार मेगावाटसम्म पुर्याउने र सम्झौताको अवधि वा द्विपक्षीय व्यापारको परिमाण थप गर्नु परेमा पनि सहकार्य गर्न सक्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए । उक्त सम्झौताको अवधी २५ वर्षको छ ।
सम्झौताको समयसीमा र परिमाण बढाउन परेमा प्रसारण लाइनको क्षमताको आधारमा दुई पक्षमध्ये एक पक्षले पेस गरेको प्रस्तावको आधारमा नेपाल-भारत विद्युत् क्षेत्रको सहकार्यका लागि गठित संयुक्त समितिले निर्णय गरेअनुसार हुने सिंहले जानकारी दिए । सम्झौता प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुनेछ ।
सरक्क बोट रोपे हुन्न किन यति धेरै नौ टंकी ?
एउटा बिरुवा रोप्नु छ! सबै फुलको माला लगाएको छ!
नौटंकीहरु!